नियम २३७
अभिलेखको सुरक्षा

(१) सभा र यसका समितिको निर्णय तथा कारबाहीको अभिलेख सचिवले सुरक्षित राख्न लगाउनेछ ।
(२) उपनियम (१) बमोजिम राखिने अभिलेख सभामुखको आदेश बिना सचिवले सभा भवनबाट बाहिर लैजान कसैलाई अनुमति दिने छैन ।
(३) सभामा सदस्यले आफुले बोलेको श्रव्य र दृश्यको अभिलेख माग गरेमा त्यस्तो अभिलेख सचिवालयले उपलव्ध गराउने छ ।